नियम
पर्यवेक्षणको लागि अनुमति दिनेः

(१) निर्वाचनसँग सम्बन्धित काम कारबाहीको पर्यवेक्षण गर्न चाहने स्वदेशी तथा विदेशी व्यक्ति वा संस्थाले अनुमतिको लागि आयोगले तोकेको अवधिभित्र आयोग समक्ष अनुसूची–१ बमोजिम निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम परेको निवेदन मनासिब देखिएमा आयोगले पर्यवेक्षणको लागि अनुसूची–२ बमोजिमको अनुमतिपत्र दिनेछ ।

(३) उपनियम (२) बमोजिम अनुमति पाएको व्यक्ति वा संस्थाका पर्यवेक्षकलाई आयोगले पर्यवेक्षक परिचयपत्र दिनेछ ।

(४) उपनियम (२) बमोजिम अनुमति पाएको व्यक्ति वा संस्थाले पर्यवेक्षण कार्य समाप्त भएको तीस दिनभित्र पर्यवेक्षण गरिएका स्थान, पर्यवेक्षणको विधि, पर्यवेक्षणमा संलग्न जनशक्तिको नाम, पर्यवेक्षणको क्रममा देखिएका कुरा तथा सुधारको लागि सिफारिस सहितको प्रतिवेदन आयोगसमक्ष पेश गर्नु पर्नेछ ।

(५) आयोगले कुनै निर्वाचनको सम्बन्धमा पर्यवेक्षण गर्न राष्ट्रिय पर्यवेक्षण संघ, संस्थालाई मात्र अनुमति दिने गरी तोक्न सक्नेछ ।

(६) निर्वाचन पर्यवेक्षण सम्बन्धी अन्य व्यवस्था आयोगले तोके बमोजिम हुनेछ ।